बुद्ध विशाल बजार फुटसल प्रतियोगितामा विशाल नेतृत्वको टिम च्याम्पियन

पाेखरा | जेठ २९, २०७९

बुद्ध विशाल बजार फुटसल प्रतियोगितामा विशाल नेतृत्वको टिम च्याम्पियन

पोखरा:  बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आयोजना गरेको दशौं आन्तरिक फुटसल प्रतियोगिताको उपाधि विशाल श्रेष्ठ नेतृत्वको टिमले जितेको छ ।

 

रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार सम्पन्न फाइनल खेलमा सञ्जय बुढाथोकी नेतृत्वको टोलीलाई हराउलै श्रेष्ठको टिम च्याम्पियन बनेको हो ।

 

उपाधि जितेसँगै श्रेष्ठको टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १५ हजार प्राप्त गर्याे भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १० हजार हात पार्याे ।

 

उक्त प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीको रुपमा रोशन नेप्कुल पुरस्कृत भए ।

 

कुल ५ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि समेत रहेका पोखरा महानगरपालिका ४ का नवनिर्वार्चित वडा अध्यक्ष देवकृष्ण पराजुली, सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष बालकृष्ण भण्डारी, बगर कल्याणकारी ब्यवसायी समितिका अध्यक्ष विष्णु वास्तोला, फेन्सी तथा रेडिमेड ब्यवसायी संघका अध्यक्ष राजु पौडेल तथा अग्रज व्यवसायीहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा संयोजक थमनसिंह गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव बुद्वी बहादुर कुावरले कार्यक्रम सञ्चालन गरेका थिए ।
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्